गरिमा विकास बैंक १६औं वर्षमा

काठमाडौं । गरिमा विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ । एक्सेस टु अल भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको यस बैंक मंसिर ७ गते स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं वर्षमा प्रवेश गरेको हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल यस विकास बैंकले ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने

सम्बन्धित सामग्री

गरिमा विकास बैंक र द हिमालयन ग्रिल बाई बाजेको रेष्टुरेन्टबीच सम्झौता

गरिमा विकास बैंक र ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेष्टुरेन्टबीच छुट दिनेबारे सम्झौता भएको छ ।सो सम्झौतामा बैंकको बजारीकरण विभाग प्रमुख रमेश सिजाल र रेष्टुरेन्टका अध्यक्ष मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र अनुसार बैंकका डेविट कार्ड तथा मोबाइल बैकिङ प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौंको सामाखुशीमा रहेको ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेष्टुरेन्टबाट […]

गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डटकमबाट सामान किन्दा विशेष छुट

गरिमा विकास बैंक लिमिटेडका ग्राहकले बजेट पसल डटकमबाट सामान किन्दा विशेष छुट पाउने भएका छन् ।

गरिमा विकास बैंकको स्वर्णिम निक्षेप योजना

गरिमा विकास बैंक लिमिटेडले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने भन्दै ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ।...

स्वरोजगार कोष र गरिमा विकास बैंक बीच कर्जा सम्बन्धी सम्झौता

मंसिर १२, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बीच कर्जा सम्झौता भएको छ ।   नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बीच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भूमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि बुधवार एक कार्यक्रमका बीच कर्जा सम्झौता भएको हो ।  सो कर्जा सम्झौतामा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।  यो कर्जा सम्झौतापछि  विपन्न वर्गलाई बैंकले सहुलियत दरमा  बिना धितो कर्जा प्रबाह गर्ने प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् ।

स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता

९ मंसिर, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच कर्जा सम्झौता भएको छ । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बिच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर […]

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जासम्बन्धी सम्झौता

नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच कर्जासम्बन्धी सम्झौता भएको छ ।

गरिमा विकास बैंक १५औँ वर्षमा, यस्तो छ वित्तीय अवस्था

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा बैंकले रक्तदान कार्यक्रम गरेको छ । १५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा एकसाथ सञ्चालनमा ल्याएको छ । पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ सुरु गरेको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ । बैंकले हाल ११५ शाखा, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा दिँदै आएको छ । बैंकले ६७.१६ अर्ब निक्षेप संकलन गरी ६१.२१ अर्ब कर्जा लगानी गरेको छ ।

गरिमा विकास बैंक र केसीएल क्यापिटलबीच सम्झौता

गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटलको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात केसीएल क्यापिटलमा गरिमा विकास बैंकको ५१.२० प्रतिशत सेयर स्वामित्व कायम भई केसीएल अस्ट्युट क्यापिटल गरिमा विकास […]

गरिमा विकास बैंक र सूर्यालाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

गरिमा विकास बैंक र सूर्यालाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।