फेरियो चन्दननाथ भैरवनाथको लिंगो (तस्वीरसहित)

जुम्ला : जुम्लामा कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी दशैं शुरु भएको छ।जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको लिंगो फेरेपछि विधिपूर्वक घटस्थापना तथा दशैं शुरु भएको मान्ने गरिन्छ। चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर घटस्थापना गरिएको हो।धार्मिक मान्यताअनुसार एक वर्षमा ५२ हप्ता हुन्छ, त्यसकै प्रतीकस्वरुप चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको चन्दननाथ भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका सचिव जितबहादुर महतले बताए।

सम्बन्धित सामग्री

चन्दनाथ भैरवनाथ मन्दिरको लिंगो फेरियो

कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकिय स्थल जुम्ला सदरमुकामस्थित चन्दननाथ भैरवनाथ मन्दिरको लिंगो फेरिएको छ । परम्पराअनुसार घटस्थापनाका दिन आईबार मन्दिरमा नयाँ लिंगो हालिएको हो । मन्दिरमा ५२ हातको लिंगो र ५२ हातको ध्वजा तथा नेजा हालिएको छ ।सयौ भक्तजन, सुरक्षाकर्मीको सहभागितामा मन्दिरमा नयाँ लिंगो फेरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताए । […]

फेरियो चन्दननाथमा ५२ हाते लिंगो

कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो परिवर्तन गरिएको छ । प्रत्येक वर्ष घटस्थापनाको दिनमा मन्दिरमा पूजा गरेर लिंगो फेर्ने चलन छ । रंगीबिरंगी कपडाले ढाकिएको लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याउने गरिएको छ ।

फेरियो चन्दननाथमा ५२ हाते लिंगो [फोटोफिचर]

कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो परिवर्तन गरिएको छ । प्रत्येक वर्ष घटस्थापनाको दिनमा यस मन्दिरमा पूजा गरेर लिंगो फेर्ने चलन छ । रातो, सेतो, रङ्गीविरङ्गी कपडाले लिंगो पुरै ढाकिन्छ । लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ । ठड्याउने क्रममा लिंगो भाँचियो वा खण्डित भयो भने पुरै देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । एक वर्षमा ५२ हप्ता हुने भएकोले ५२ हाते लिंगो खडा गर्ने प्रचलन छ ।

कर्णालीमा यो वर्ष ७ दिन सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले यो वर्षमा सात दिन सार्वजनिक बिदा गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशभर लागू हुनेगरी सात दिन पर्व र दिवसमा बिदा दिने निर्णय गरेको हो ।धान दिवसको बिदा असार १५ गते जुम्ला बाहेक अन्य ९ जिल्लामा मात्रै लागू हुनेछ भने जुम्लामा चैत १२ गते बिदा दिइएको छ । साउने संक्रान्ति तथा देउडा पर्व साउन १ गते, नाग पञ्चमी साउन १७ गते, प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४ गते, कोजाग्रत पूर्णिमा असोज २३ गते, राम नवमी चैत १६ गते र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला अस

चन्दननाथ–भैरवनाथ मन्दिरमा लिंगो ल्याइयो

जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरमा चन्दननाथ नगरपालिका–३ रडिखेल्ला जंगलबाट ५२ हाते लिंगो ल्याइएको छ । चन्दननाथ मन्दिरमा हरेक वर्ष घटस्थापनाका दिन ५२ हाते लिंगो गाड्ने परम्परा छ ।

चन्दननाथ भैरवनाथको लिंगो फेरेर घटास्थापना

कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी विधिपूर्वक घटस्थापना गरिएको छ। चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना गरिएको होे। वर्षेनी घटास्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन छ।