चन्द्र कामी बेपत्ता प्रकरण : उत्पीडित जातीय मुक्ति समाजको विरोध

नेपाल उत्पीडित जातीय मुक्ति समाज हुम्लाले अन्तरजातीय विवाह गर्ने चन्द्र कामीलाई बेपत्ता बनाएको विषयमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । समाजले मंगलबार विज्ञप्ति जारी गर्दै जातीय विभेद गर्नेमाथि कारबाही गर्न...

सम्बन्धित सामग्री

पनडुब्बी बेपत्ता प्रकरण– समुद्रबाट आइरहेकाे आवाजबारे विज्ञले के भने ?

पनडुब्बीमा फसेका मानिस बाँच्ने सम्भावना निकै कम रहेको क्याप्टेन मार्केट बताउँछन् ।

निर्मला कुर्मी बेपत्ता प्रकरण : सरकार र आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति

काठमाडौँ। निर्मला कुर्मीका लागि न्याय मागिरहेका बाँकेका महिला र सरकारबीच ३ बुँदे सहमति भएको छ । सहमतिसँगै ४८ दिनदेखि माइतीघर मण्डलामा अनशनरत महिलाहरुले धर्नाको कार्यक्रम स्थगित गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सहमति भएको हो। प्रधानमन्त्रीले अब भएको सहमति कार्यान्वयन गर्ने वाचा गरेपछि आफूहरू सहमत भएको धर्नाको नेतृत्व गरिरहेकी महिला अधिकारकर्मी रुबी खानले […]

निर्मला कुर्मी बेपत्ता प्रकरण : ७ जना पक्राउ

नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा ७ जना पक्राउ परेका छन् । निर्मलाको अपहरण गरी हत्या गरेको किटानी जाहेरीका आधारमा रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंहलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी श्याम अधिकारीका अनुसार जिल्ला अदालतले बबन सिंह ८० वर्ष पुगेको वृद्ध भएकाले हाजिरी जमानीमा छाडेको बताए । किटानी जाहेरीमा उल्लेखित पूर्वसांसद बादशाह कुर्मी चाहिँ भदौमा सरकारी वकिलको कार्यालयमा हाजिर भएर थप बुझ्दा आउने गरी अदालतल...

धोबी मृत्यु र कुर्मी बेपत्ता प्रकरण : सरकार र महिला अधिकारकर्मीबीच वार्ता सुरु

काठमाडौं : बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकार र महिला अधिकारकर्मीबीच वार्ता सुरु भएको छ।धोबी र कुर्मी प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै आएका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिइरहेका छन् भने आन्दोलनको नेतृत्व गरिरहेकी रूबी खान १० दिनदेखि आमरण अनशनमा बसेकी छिन्।उक्त प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरू नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं आइपुगेका छन्।सोमबार बिहान माइती नेपालकै का

धामी बेपत्ता प्रकरण : सरकारद्वारा भारतको ध्यानाकर्षण

सरस्वती कर्माचार्य, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको विषयमा सोमबार सरकारले भारतको ध्यानाकर्षण गराएको छ । धामीको विषयमा सरकारले कूटनीतिक पहल नथालेको भन्दै चौतर्फी विरोध भइरहेकै बेलामा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्र मन्त्रालयले भारतीय दूतावासमार्फत भारतलाई पत्र पठाएको […]

युवक बेपत्ता प्रकरण : भारतले भन्यो- ‘एसएसबीले तुइन काटेको हल्ला गलत’

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ । शनिवार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता अस्वीकार गरेका हुन् । मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको डोरी काटेपछि  धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । तर, आनन्द स्वरुले दार्चुलाका प्रमुख जि

महाकालीमा युवक बेपत्ता प्रकरण : के गर्दै छ सरकार?

धनगढी : दार्चुलाको व्याँस गाउँपालिका–२, राप्ला खानदानका ३३ वर्षीय जयसिंह धामी वैदेशिक रोजगारीको तयारीका लागि शुक्रबार बिहान घर परिवारबाट बिदा भएर निस्किए।कोरोना महामारीका कारण एक वर्षअघि नेपालमा लकडाउन जारी भएकै अवस्थामा दुबईबाट उनी घर फर्किएका थिए। लामो लकडाउन र बेरोजगारीले घरपरिवारमा आर्थिक समस्या पर्न थालेपछि उनी पुनः वैदेशिक रोजगारीको तयारीका लागि घरबाट निस्किएका हुन्।व्याँस गाउँपालिका–२ का स्थानीयको विवशता भनौं या बाध्यता उनीहरूले सदरमुकाम खलंगा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्

झा दम्पती बेपत्ता प्रकरण : पक्राउ परेका चार जनाको के छ घटनासँग सम्बन्ध?

जनकपुरधाम : महोत्तरीका झा दम्पती बेपत्ता प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले एकै परिवारका तीन जनासहित चार जनालाई आज सार्वजनिक गरेको छ। जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट झा दम्पती बेपत्ता भएको ४ सातापछि ४ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजनिक गरेको हो। प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको…

झा दम्पती बेपत्ता प्रकरण : छिटो छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

महोत्तरीका वृद्ध दम्पती आफ्नो कोठाबाटै रहस्यमय ढंगले बेपत्ता भएको घटनाको यथाशिघ्र छानबिन गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ

झा दम्पती बेपत्ता प्रकरण - सीआईबीकाे टाेली महाेत्तरीतर्फ

महोत्तरी – महोत्तरीको पिपराबाट बेपता भएका झा दम्पतीको खोजीका लागि प्रहरी प्रधान कार्यालय काठमाण्डौबाट केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) काे टोली महोत्तरी खटाइएकाे छ ।पिपरा गाँउपालिका ५ का मोसाफिर झा र उहाँकी श्रीमती गीतादेवी झाकाे खाेजीका लागि सीआईबीकाे टोलीलाई महोत्तरी पठाइएको सीआईबीका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो ।गएकाे फागुन १० गते रातिको समयमा आफ्नै कोठामा सुतेको अवस्थामा झा दम्पती बेपता भएका थिए । घटना घटेको दिनदेखि नै झा दम्पतीकाे खाेजीका लागि जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरीलगायतका प्रहरी ...