बन्दना बमडोटी : डोटीमा सत्तारुढ दलहरुबिच गठबन्धनमा भागबण्डा नमिलेपछि नेकपा माओवादी र नेकपा एकीकृत समाजबादी मिलेर चुनाबमा जाने भएका छन्। आइतबार रातिसम्म बसेको गठबन्धनको बैठकले भागबन्डाको टुङ्गो लगाउन नसकेपछि पाँच दलको गठबन्धन नहुने पक्का भएको हो।गठबन्धन नहुने भएपछि नेकपा माओबादी र नेकपा एसबीच हिजो राति नै छलफल भई मिलेर चुनाबमा जाने निर्णय गरेको हो। जिल्लाका नौ वटा पालिका मध्य ५ वटा पालिका नेकपा माओवादीले र ४ वटा पालिका नेकपा एसले पाउने गरी सहमत भएको छ। तर, उम्मेदवारको टुङ्गो लगाउन सकस भएको बताइएक