काठमाण्डाै – स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरिएको छ । स्वर्गीय श्रेष्ठको १ सय ६ औँ जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशालाकाे सञ्चारग्राममा रहेकाे नेपाल पत्रकार महासङ्घको सभा हलमा आयोजना कार्यक्रममा वक्ताहरूले यस्ताे माग गरेका हुन् । अहिले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुखसमेत हुनुहुन्छ ।
२००८ सालमा नेपाल पत्रकार सङ्घको स्थापना गर्दा श्रेष्ठ अध्यक्...