कोभिड महामारीको कारण देखाउँदै सर्वोच्च अदालतले आफ्नो सेवामा संकुचन ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले माघ १८ गतेसम्म निश्चित प्रकृतिका मुद्दामा मात्रै सुनुवाई गर्ने भएको हो । सर्वोच्च अदालतका अनुसार माघ ५ गतेदेखि ६ वटा प्रकृतिका मुद्दामा मात्रै सुनुवाई हुनेछ । सर्वोच्चको पूर्ण बैठकले गरेको निर्णय अनुसार बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन रजनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको निय