शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९.९८ अङ्कले घट्दै २५४२.२८ बिन्दुमा आइपुगेको हो । करिब २ सातासम्म २६०० हाराहारीमै उतारचढाव भोगिरहेको नेप्से लगानीकर्ताको मनोविज्ञानमा हाबी भएको थियो । कहिले बढ्ने र कहिले घट्ने गरेपनि नेप्से २६०० बिन्दुभन्दा तल झरेको थिएन । लगानीकर्ताहरूले यो बिन्दुबाट बजार बढ्ने अपेक्षा गरिरहेका थिए । आइतबार र सोमबार नेप्सेमा चलेको दोहोरो अङ्कको पहिरोले लगानीकर्ताको मनोविज्ञान पनि गिरे