काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसमा देश र जनताका लागि काम गर्ने नेता, कार्यकर्ता पाउन मुस्किल भएको बताएका छन् । बागलुङका संस्थापक नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३ औँ दिनको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले कँडेलको जस्तो त्याग र निष्ठा अब नपाइने बताए । कँडेलले राजनीतिमा लागेर कहिल्यै पनि केही नमागेको उनले स्मरण गरे […]
काठमाडौं– सुदूरपश्चिम रोयल्सले क्रिकेटर सुशील रावललाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले शुक्रबार क्रिकेटर रावललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । मलेसियामा सम्पन्न एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन अहम् भूमिका खेलेका रावलले शुक्रबार बिहान आफ्नो आर्थिक अभावबारे सामाजिक सञ्जालमा लेखेका थिए […]
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवामा हालै आएको बाढीका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा मन्त्री खड्काले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त प्रस्ताव प्रस्तुत […]