काठमाडौं– सुदूरपश्चिम रोयल्सले क्रिकेटर सुशील रावललाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले शुक्रबार क्रिकेटर रावललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । मलेसियामा सम्पन्न एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन अहम् भूमिका खेलेका रावलले शुक्रबार बिहान आफ्नो आर्थिक अभावबारे सामाजिक सञ्जालमा लेखेका थिए […]