सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा चर्को मूल्यवृद्धि गरेकोप्रति नेपाल यातायात मजदुर स्वतन्त्र संगठनले ध्यानाकर्षण भएको जनाएको छ । असार ५ गते राति १२ बजेदेखि लागु हुनेगरी मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेल प्रलिलिटर १ सय ९२ रुपैया र पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैया निर्धारण गरिएको छ ।मूल्य वृद्धिपछि पनि नेपाल आयल निगमलाई मासिक ४ अर्ब ७० करोड घाटा हुने देखाउने काम भएको संगठनले विज्ञप्तिमार्फत जनाएको छ । रसिया–युक्रेन युद्धलाई कारण देखाएर अन्य विकल्पहरूको उपयोग नै नगरी निगम सञ्चालक समितिले