काठमाडौं — अनार खान मीठो हुन्छ र स्वास्थ्यलाई पनि यसले खुबै फाइदा गर्छ । दिनदिनै अनार दानाहरू खानुभएमा स्वास्थ्यसम्बन्धी समस्याहरू भाग्छन् ।
पाचन क्रिया
अनारमा फाइबर भरपूर हुन्छ । यसले पाचन क्रिया ठीक पार्छ र पेटसम्बन्धी समस्या हटाउँछ ।
क्यान्सर
अनारमा भएका गुणले स्तन, प्रोस्टेट र फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।
कोलेस्ट्रोल
अनारमा भिटामिन सी र एन्टीअक्सिडेन्ट तत्त्व विद्यमान हुन्छन् । यिनले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछन् र कोलेस्ट्रोल स्तरलाई नियन्त्रित गर्छन् ।
रक्तचाप
दिनदिनै अनार खाँदा उच्च रक्तचाप हुन पाउँ...