काठमाडौं, २२ असार।विपदबाट घरवारविहीन भएका परिवारलाई राहत र निजी आवास पुननिर्माण गर्न कर्मचारीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। शुक्रबार सिंहदरबारमा आयोजित बैठकमा बोल्दै उनले भने,‘वर्षातको समयपूर्व नै किन हामी उद्दार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ?म यसै बैठकमार्फत् मानवीय क्षति पुगेका र घरवारविहीन बनेका परिवारलाई राहत वितरण गर्न र निजी आवास पुननिर्माणमा सहयोग गर्न विशेष रूपले निर्देशित गर्दछु।’