सागको महासंग्रामपछि पोखरा रंगशालाः दुबो सुक्यो फूल ओइलाए, दुई सातासम्म उठेन फोहोर

पोखराः पोखरा रंगशाला दुई हप्ताअघिसम्म दिनरात व्यस्त बन्यो। १३औँ दक्षिण एसीयाली खेलकुद (साग) का लागि रातारात संरचना बने। कतिपय पुनर्निर्माण भए। तर, सागको समापनसँगै रंगशाला परिसर अहिले फोहोर थन्क्याउने थलो जस्तै बनेको छ। रंगशाला परिसरमा अतिथिलाई लगाएको माला, मःमका प्याकेटको फोहोर यत्रतत्र छ। मैदानको दुबो पानी अभावमा मर्न लागेको छ।

सम्बन्धित सामग्री

बुटवलमा एक सातादेखि फोहोर उठेन

बुटवल : सुख्खा नगरमा बस्दै आएकी यमकला न्यौपाने दैनिक फोहोरको गाडी आउने बाटो हेर्छिन्‌।न्यौपानेले फोहोर फाल्न नपाएको एक साता पूरा भयो। ‘आज आउला छैन,भोली आउला छैन,’ उनले भनिन्,‘भित्र फोहोर गन्हाउन थाल्यो, बाहिर झरी रोकिँदैन।’उनी झैँ बुटवलको मुख्य बजारमा फलफूल व्यापार गर्दै आएकी गीता गैरे फोहोर नउठ्दा ग्राहक पनि आउन छाडेको बताउँछिन्। ‘फोहोरको थुप्रो देखेपछि मानिसहरू नाक थुन्दै परपरबाट जान्छन्, आउने ग्राहक पनि फोहोरकै कारण पसलका पस्दैनन्। यसरी सडकमा फोहोर