बुटवलमा एक सातादेखि फोहोर उठेन

बुटवल : सुख्खा नगरमा बस्दै आएकी यमकला न्यौपाने दैनिक फोहोरको गाडी आउने बाटो हेर्छिन्‌।न्यौपानेले फोहोर फाल्न नपाएको एक साता पूरा भयो। ‘आज आउला छैन,भोली आउला छैन,’ उनले भनिन्,‘भित्र फोहोर गन्हाउन थाल्यो, बाहिर झरी रोकिँदैन।’उनी झैँ बुटवलको मुख्य बजारमा फलफूल व्यापार गर्दै आएकी गीता गैरे फोहोर नउठ्दा ग्राहक पनि आउन छाडेको बताउँछिन्। ‘फोहोरको थुप्रो देखेपछि मानिसहरू नाक थुन्दै परपरबाट जान्छन्, आउने ग्राहक पनि फोहोरकै कारण पसलका पस्दैनन्। यसरी सडकमा फोहोर

सम्बन्धित सामग्री

ल्याण्डफिल्ड साइटका स्थानीयको अवरोधले सातादेखि बुटवलमा फोहोर उठेन

रुपन्देही । बुटवल उपमहानगरपालिकाको ल्याण्डफिल्ड साइट बुटवल–११ स्थित हात्तीसुँड र विनापाते क्षेत्रका स्थानीयले विरोध गरेपछि एकसातादेखि उपमहानगरभित्रबाट फोहोर उठ्न सकेको छैन । बस्ती छेउलाई डम्पिङ साइड बनाएर दुर्गन्ध फैलिएको भन्दै स्थानीयले विरोध गरपछि उपहानगरलाई फोहोर बिसर्जन गर्न समस्या भएको हो । बजार क्षेत्रबाट ल्याइएको फोहोरको थुप्रो बढेर बस्तीका बासिन्दाको घरको आडैमा आइपुगेको र हिँड्ने बाटोसमेत […]