ललितपुर वाग्मती गाउँपालिका–७ देवीचौरकी २८ वर्षीया रजीना भोलुनलाई श्रीमान् राजकुमार भोलुनले बेलाबेलामा मदिरा सेवन गरेर कुटपिट गर्थे । सामान्य ज्यामी काम गर्दै आएका उनीहरूको घरमा सामान्य झगडा भइनै रहन्थ्यो ।
उनीसँगै रजीनाकी साली सुनीता सिँतान र उनका भाइ ज्ञानबहादुर सिँतान पनि नजिकै बस्थे । भिनाजुले दिदीसँग गरेको व्यवहार उनीहरूले पनि नजिकैबाट नियालेका थिए ।
त्यसको प्रत्यक्ष साक्षी थिइन् ललितपुर गोदावरी नगरपालिका–१२, ठेचोकी रजीनाकी साथी ३० वर्षीया लक्ष्मी ब्लोन । एक दिन रजीनाले आफ्ना श्रीमान्ल...