नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पार्टीमा विग्रह आएको आरोप लगाएका छन् ।
ललितपुरको सानेपामा भएको आफूपक्षीय कार्यकर्ता भेलालाई बुधवार सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् ।
‘यो स्थिति उत्पन्न हुनुमा केपी शर्मा ओली मुख्य जिम्मेवार हुनुहुन्छ । पार्टी विग्रहको जिम्मेवार ओली नै हो । तथ्य र प्रमाण चाहिन्छ भने एक भारी छन्,’ नेपालले भने ।
ओलीको चिन्तन र कार्यशैलीबाट समकालीन नेताहरू आजित भएको आरोप नेपालले लगाए । नेता नेपा...