काठमाडौँ- सार्वजनिक सेवा लिन र सिनेमा, सपिङ मल लगायत स्थलमा जान खोप कार्ड अनिवार्य गर्ने सरकारको आदेशपछि सर्वसाधारणहरुले दुइटा प्रश्न गरेका छन्। पहिलो: ठूलो साइजको खोप कार्ड अब सधैँ बोकेर हिँड्नुपर्ने? दोस्रो: करिब आधा जनसंख्याले मात्र अहिलेसम्म खोप लगाएको अवस्थामा खोप नलगाएकाहरुका लागि सरकारले सार्वजनिक सेवामा विभेद गर्न लागेको हो? पहिलो प्रश्नको जवाफ काठमाडौँ जिल्ला […]