बङ्गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए

बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो ।    ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो । नेपाली बोकेर वाइड बडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ढाकाबाट २५८ यात्रु लिएर निगमको जहाज फर्किएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

भलिबल प्रशिक्षक स्वदेश फर्किए

नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक बेल्जियमका जान डी ब्रान्ट स्वदेश फर्किएका छन्।

भलिबल प्रशिक्षक स्वदेश फर्किए

नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक बेल्जियमका जान डी ब्रान्ट स्वदेश फर्किएका छन्।

सुडानबाट स्वदेश फर्किए १३ नेपाली

काठमाडौं, वैशाख २३ । सुडानबाट नेपाल फर्किएका १३ जना नेपाली स्वदेश आइपुगेका छन्। इजिप्टस्थित कायरो दूतावासको सम्पर्कमा ३१ जना आएका थिए। उद्धार भएका १९ मध्ये छ जना रोजगारदाता कम्पनीको दुबई शाखामा स्थानान्तरण भएर काम थालेका छन्। चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपालीलाई पनि चीन सरकारको सहयोगमा उद्धार भएको छ। बाँकी १२ जनामध्ये थप नौ जना […]

जापान भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । जापानको पाँच दिनको भ्रमण सकेर आज स्वदेश फर्किएका हुन् । जापानमा रहँदा दाहालले उच्चस्तरीय तथा महत्वपूर्ण भेटघाट गरेका थिए । दाहाल नेपाली जनप्रगतिशील मञ्च, जापानको निम्तोमा जापान पुगेका थिए ।

सेनापति स्वदेश फर्किए

काठमाडौं, १९ असार । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा दुई साता लामो विदेश भ्रमणबाट फर्किएका छन् । उनी शान्ति स्थापनार्थ नेपाली सेना रहेका विभिन्न देशको भ्रमण गर्नुका साथै संयुक्त राज्य अमेरिकाको समेत भ्रमण पूरा गरी फर्किएका हुन् । सेनापति शर्माको यसपटकको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । तस्बिरहरुः मुकुन्द कालिकोटे

युक्रेनबाट चार नेपाली स्वदेश फर्किए

काठमाडौँ– युद्धका कारण संकटग्रस्त युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फर्किएका छन् । भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउने चलाएको उद्धार अभियानका क्रममा भारतीयहरूसँगै चार नेपाली पनि स्वदेश फर्किएका हुन् । भारत सरकारले अपरेशन गंगा नामक उद्धार अभियान चलाएको हो । चार नेपाली नयाँ दिल्ली हुँदै स्वदेश फर्किएका हुन् । यसैबीच, नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा […]

स्वदेश फर्किए राजदूत खतिवडा

काठमाडौं, कार्तिक ११ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍ युवराज खतिवडा बुधबार स्वदेश फर्किएका छन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई नेपाल फिर्ता बोलाइएको हो । पूर्व मन्त्रीसमेत रहेका खतिवडालाई अक्टोबर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो । डा खतिवडाले अमेरिका र […]

अफगानिस्तानबाट थप ३२ नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट उद्धार भई बुधबार थप ३२ नेपाली स्वदेश फर्किएका छन् । कतार एयरको नियमित उडानबाट ३२ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै हालसम्म कूल ८९५ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइसकेको मन्त्रालयको भनाइ छ ।  काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपालीलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट थप १० नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट उद्धार भई थप १० नेपाली स्वदेश फर्किएका छन् । बुधबार साँझ फ्लाई दुबईको नियमित उडानबाट ६ जना र कतार एयरको नियमित उडानबाट २ जना तथा आज कतार एयरको नियमित उडानबाट २ जना  समेत गरी थप १० जना स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कूल ८५७ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको मन्त्रालयको भनाइ छ । काबुलमा उद्धारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट अहिलेसम्म ५०४ नेपाली स्वदेश फर्किए

काठमाडौँ – अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार बेलुकासम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरि आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य […]