पूर्वरानी शाहको स्वास्थ्यमा सुधार आएन, प्लाज्मा थेरापीबाट उपचार थालियो

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार नदेखिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । उनमा श्वासप्रश्वासको समस्या साथै अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । उनलाई अहिले पनि हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र […]

सम्बन्धित सामग्री

पूर्वराजा संक्रमणमुक्त, पूर्वरानीको अवस्था पनि सुधारोन्मुख

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्।कोरोना संक्रमण भई १८ दिनदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत शाहको दुई दिनअघि गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ।पूर्वरानी कोमल शाहको भने स्वास्थ्यमा सुधार आएपछि आइसीयुबाट वार्डमा सारिएको छ।  उनको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। अहिले

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार आएपछि आईसीयूबाट सारियो वार्डमा

काठमाडौँ । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्यमा सुधार आएपछि कोमललाई आईसीयूबाट वार्डमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र, उनकी धर्मपत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमलकाे गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

पूर्वरानी शाहको स्वास्थ्यमा क्रमिक सुधार

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ । आईसीयूमा उपचाररत शाहको बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । नर्भिक इन्टरनेशनल अस्पतालले आइतबार विज्ञप्ति जारी …