काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्।कोरोना संक्रमण भई १८ दिनदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत शाहको दुई दिनअघि गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ।पूर्वरानी कोमल शाहको भने स्वास्थ्यमा सुधार आएपछि आइसीयुबाट वार्डमा सारिएको छ। उनको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। अहिले