बाइक एसेम्बलको आडमा मन्त्री र व्यवसायीको लुट, उपभोक्तालाई छैन कुनै छुट

सरकारले स्वदेशमै सवारी साधनको एसेम्बललाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि यसले उपभोक्तालाई कुनै लाभ नदिएको पाईएको छ । हाल जगदम्बा मोटर्स र बजाज नेपालले नेपालमै २ पांग्रे सवारी एसेम्बल गरिरहे पनि यसवापत उनीहरुले सरकारबाट पाएको सहुलियत उपभोक्तामा ट्रान्सफर भएको छैन। जसका कारण, एसेम्बल उद्योग स्वदेशमै राख्दा त्यसले कुनै पनि ‘भ्यालु एड’ गरेको छैन । बरु, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका शेखर गोल्छाको गोल्छा अर्गनाईजेशन अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनी (पल्सर मोटरसाइकल) र शंकर ग्रुपको जगदम्बा मोटर्स (टीभीएस मोटरसाइकल)ले मोटो रकम फाइदा पाएका छन् ।मूल्यमा उपभोक्तालाई कुनै फाइदा भएनजनार्दन शर्माले बजेटमार्फत मोटरसाइकलको एसेम्बल नेपालभित्रै गर्ने उद्योगहरुलाई पार्टपूर्जाको आयातमा भन्सार छुटको व्यवस्था गरिदिएका छन् । नेपालमै एसेम्बल प्लान्ट राख्नका लागि उद्योगी व्यवसायीहरुले यो माग गर्दै आएका पनि थिए।तर, अपेक्षाकृत ‘भ्यालु एड’ नहुँदा सरकारले दिएको छुट केवल उद्योगीहरुले मात्रै पाएका छन् । सरकारबाट पाएको छुट बराबरको फाइदा उपभोक्तालाई पनि हुनुपर्ने हो । तर, विगतमा तयारी मोटरसाइकल ल्याएर बिक्रि गर्दा र यहीँ एसेम्बल गर्दामा मूल्यमा कुनै अन्तर छैन ।२ समूहलाई ६०० करोड फाइदामोटरसाइकलको एसेम्बलिङ उद्योग भनेको कुनै ठूलो मात्रामा बिजुली खपत गर्ने र पर्याप्त रोजगारी सिर्जना गर्ने उद्योग होइन । एसेम्बल भनेको विदेशमै बनेर आएका पार्टहरुलाई यहाँ ल्याएर जडान (फिटिङ) गर्ने काम मात्रै हो ।शेखर गोल्छाको बजाज (पल्सर) र साहिल अग्रवालको जगदम्बा मोटर्स (टीभीएस)ले मात्रै हाल नेपालमै बाइक एसेम्बल गरिरहेका छन् । यी २ उद्योगीले वार्षिक ६ सय करोड (६ अर्ब) रुपैयाँ फाइदा पाईरहेका छन् ।उनीहरुले यहाँ एसेम्बल गर्दा पार्टपूर्जामा मात्रै एउटा मोटरसाइकल बराबर ६० हजार छुट पाएका छन् । अर्कोतर्फ करमा २५ प्रतिशत छुट पाएका छन्।वार्षिक २ वटै उद्योगले २/२ लाखको संख्यामा बाइक एसेम्बल गर्छन् । यस आधारमा गोल्छाले पल्सर मोटरसाइकल एसेम्बल गर्दा वार्षिक ३ सय करोड (३ अर्ब) र शंकर अग्रवालले टीभीएस मोटरसाइकल एसेम्बल गर्दा वार्षिक ३ सय करोड (३ अर्ब) रुपैयाँ सरकारबाट छुट पाईरहेका छन्।शंकर ग्रुपका निर्देशक साहिल अग्रवाल छन् । उनैले हाल यो व्यवसाय पनि हेरिरहेका छन्। तर, उनीहरुले नेपालमै एसेम्बल गर्दा राज्यबाट छुट पाईरहे पनि उपभोक्तालाई भने कुनै छुट र सहुलियत दिएका छैनन् ।यस विषयमा गोल्छाले पार्टहरु ल्याउँदा ढुवानी नै महँगो पर्ने र एकै पटकमा नआउने भएकाले तयारी बाइक ल्याउनु र एसेम्बल गर्नुमा मूल्यमा कुनै अन्तर हुन नसकेको दाबी पेश गर्दै आएका छन्।जनार्दन शर्मा अर्थमन्त्री भएपछि स्वदेशमा उत्पादन बढाउँने भन्दै करको दर चलाईरहेका छन्। तर उनले करको दर चलाउँदा एकातर्फ राज्यले बिगतमा पाउँदै आएको अरबौं राजश्व गुमाईरहेको छ भने अर्कोतर्फ राज्यबाट अरबौं कर छुट पाउँदा छुट पाउने उद्योग व्यवसायले उपभोक्तालाई भने एक पैसाको 'राहत' दिएका छैनन्। सतहमा स्वदेशमा उत्पादन बढाउने भनेर नीति परिवर्तन गरीएपनि यसबाट राज्यले राजश्व गुमाईरहेको छ भने मुल्यमा उपभोक्तालाई कुनै सुविधा मिलेको छैन। राजश्व छुट नीतिले उद्योगी व्यवसायीलाई भएको आर्थिक लाभमा छुट दिने नीति बनाउनेहरु पनि लाभको हिस्सेदार बनेको आशंका गर्ने ठाउँ पर्याप्त भएको जानकारहरु बताउँछन् ।गत वर्ष महालेखाको प्रतिवेदनले पनि सरकारी छुट सुविधा लिएर स्वदेशमै सवारी एसेम्बल गरे पनि त्यसको लाभ देशको समग्र अर्थतन्त्र र उपभोक्ताले नपाएको भन्दै प्रश्न उठाएको थियो ।

सम्बन्धित सामग्री

स्वास्थ्य र शिक्षामा छुट

तुलसीपुर, २६ चैत । दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन् । सङ्घका केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले तुलसीपुरका केही विद्यालयले छुट दिन लागेका जानकारी दिए। तुलसीपुस्थित डिभाइन टेम्पल एकेडेमी, ज्ञान ज्योति फाउन्डेसन, सगरमाथा […]

‘दराज ११.११’ मा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं : सानिमा बैंकले दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य गरेको छ।यस योजना अवधिभर ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।यो योजनामा सीमित छुट मात्र उपलब्ध हुने भएकोले

करमा छुटै छुट

काठमाडौं, जेठ १६ । सरकारले करको दायरा बढाउँदै व्यक्तिदेखि उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद् मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिदेखि किसान, उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएका हुन्। आयकर छुटको सीमा वृद्धि गरी प्राकृतिक व्यक्तिका हकमा ५ लाख र दम्पतीका हकमा ६ लाख रुपैयाँ आयमा कर छुट दिइएको छ। यसअघि […]

करमा छुटै छुट

सरकारले करको दायरा बढाउँदै व्यक्तिदेखि उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद् मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिदेखि किसान, उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएका हुन्। आयकर छुटको सीमा वृद्धि गरी प्राकृतिक व्यक्तिका हकमा ५ लाख र दम्पतीका हकमा ६ लाख रुपैयाँ आयमा कर छुट दिइएको छ। यसअघि व्यक्तिगत रूपमा ४ लाख र दम्पतीका हकमा ५ लाख रुपैयाँ आम्दानीमा कर लाग्दैनथ्यो। आयकर प्रयोजनका लागि बिमा प्रिमियमवापत घटाउन पाउने सीमालाई ४० हजार पुर्‍

निराश हुने छुट हामी युवालाई छैन

समस्या छन्। तर निराश हुने छुट हामीलाई छैन। आरती लामा भन्छिन्, ‘ती समस्या चटक्कै छोडेर भाग्ने छुट हामीलाई छैन।’ लामा भन्छिन्, ‘क्याम्पसमा हुने समस्या सुल्झाउने मात्र हैन, विद्यार्थी राजनीति त्यो हो, जसले हिजोको दिनमा आफ्नो राजनीतिक पार्टीको विचारको संरक्षणका लागि लड्यो। ती विचार आम जनतामाझ पुर्‍याउने भूमिका निभायो। र विद्यार्थी राजनीति त्यो पनि हो, जसले […]

व्यवसायीलाई ९० प्रतिशतसम्म कर छुट

काठमाडौं।काठमाडौं महानगरपालिकाले व्यवसायीलाई ९० प्रतिशतसम्म कर छुट दिने भएको छ।महानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यवसायीलाई यस्तो छुट दिने भएको हो।आगामी वर्षका लागि प्रस्तुत भएको आर्थिक विधेयक, २०७८ मा व्यवसायीलाई २० देखि ९० प्रतिशतसम्म कर छुट दिने उल्लेख छ।कोभिड–१९ महामारीबाट प्रभावित व्यवसायीलाई राहतस्वरुप कर छुटको व्यवस्था गरेको महानगरले बताएको छ।यसैगरी, सम्पत्ति करमा थप ८० प्रतिशतसम्म छुट दिने व्यवस्था समेत गरिएको छ।

इलाम नगरमा भाडा र शुल्क छुट

दोस्रो लहरको कोभिड–१९ संक्रमणका बेला नागरिकलाई सहुलियत दिन इलाम नगरपालिकाले विभिन्न शुल्कमा छुट दिएको छ । नगरले खानेपानी शुल्क, भ्युटावर र सटर/पसलको भाडामा छुट दिने घोषणा गरेको हो ।...

साल्ट ट्रेडिङकाे छुट बिहान मात्र

काठमाण्डाै – सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रवारदेखि सीमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो । छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाण्डाै जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार आज जेठ २५ गतेदेखि बिहान ७ देखि ९ बजे...

साल्ट ट्रेडिङको छुट बिहान मात्र

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो ।छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार आज जेठ २५ गतेदेखि बिहान ७ द

उद्योग नवीकरणमा छुट दिने घोषणा, अरु के-केमा छुट?

अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधीमा सिंचाइका लागि प्रयोग हुने बिद्युत शूल्क छुट दिने बताएका छन् । यस्तै निषेधाज्ञा अवधी हरु साना लगानीमा २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत मासिक १ सय ५० युनिट खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिइने बताएका छन् । यस्तै साल्ट ट्रेडिङबाट खाद्यान्न, तेल, ग्याँस खरिदमा २० प्रतिशत छुट दिने उल्लेख गरेका छन् । यस्तै निषेधाज्ञा अवधीमा चलचित्र उद्योगमा बिद्युत शुल्क छुट दिने बताएका छन् । साथै पर्यटन उद्योग, सार्वजन