विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न र पार्टीको धारणा बनाउन नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । आलोकनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘मुलत पाँचदलीय गठबन्धन भत्किएपछि विकसित नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुन्छ’, खतिवडाले भने, ‘त्यसमा सरकारमा सहभागी हुने नहुने, सत्ता गठबन्धनमा सहभागी हुने कि नहुने, वाम एकतामा भइरहेको प्रयास लगायतमा छन् हुन्छ ।&rsqu