काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७–७८ पेश गर्ने सम्भावित कार्यसूची छ। यस्तै प्रधानमन्त्रीका तर्फबाट राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ र लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रियसभाबाट भएको संशोधन छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।