काठमाडौं, ७ साउन । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री युवराज ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नेपालको कम्युनिस्ट, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनका शिखर पुरुष र महामानवका रुपमा स्मरण गर्नुपर्ने बताएका छन् । ‘नेपालको राजनीतिक परिवर्तनमा कमरेड पुष्पलालको अग्रगामी भूमिका छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभन्दा अघि उहाँ नेपाली राष्ट्रिय कंग्रेसको सचिव हुनुहुन्थ्यो । […]