नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल दर्ता

 निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल दर्ता भएको छ । उक्त पार्टीलाई निर्वाचन आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र समेत दिएको छ ।आयोगले उक्त दललाई भदौ २८ गतेको निर्णयअनुसार दल दर्ताको प्रमाणपत्र दिएको हो । उक्त पार्टीको आयोगमा दर्ता नम्बर १७० रहेको छ । उक्त पार्टीको निर्वाचन चिन्ह कार रहेको आयोगले जनाएको छ । सो दलको केन्द्रीय कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ रहेको उल्लेख छ । 

सम्बन्धित सामग्री

यी ८ पार्टीले मात्रै गराए दल दर्ता

रााष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय शनिबार सकिँदै छ। आयोगले माघ १२ गते हुने निर्वाचन प्रयोजनका लागि पुस १ गतेदेखि १० गतेसम्म दलदर्ताको म्याद तोकेको थियो। निर्वाचन आयोगको कानुुनशाखाका उपसचिव गुरुप्रसाद वाग्लेले शुक्रबारसम्म आठवटा दल दर्ता भएको जानकारी दिए । निर्वाचन आयोगका अनुसार हालसम्म नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र),नेपाल कम्युनिस्ट पार्टी(एमाले),नेपाल कम्युनिस्ट पार्टी(एस),राष्ट्रिय जनमोर्चा,नेपाल मजदुर किसान पार्टी, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल,जनता समाजवादी प...

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रिया आज टुंगो लाग्ने

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दल दर्ता प्रक्रिया आज टुंगो लगाउने भएको छ। दुवै दलका नेताले आज सनाखतका लागि भौतिक रूपमा उपस्थिति हुनुपर्ने निर्व...

माधव नेपालको दल दर्तापछि मन्त्रिपरिषद् विस्तार: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाल नेतृत्वको नयाँ दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बिहीबार काठमाडौंमा समाजवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले भने, ‘नयाँ परिस्थिति बनेसँगै प्रधानमन्त्री, माधवजी र मेरो छलफल भएको छ । नयाँ दल दर्ता भएको […] The post माधव नेपालको दल दर्तापछि मन्त्रिपरिषद् विस्तार: दाहाल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दल दर्ता, चिह्न कलम

निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दल दर्ता भएको छ । आयोगमा प्राप्त निवेदनका आधारमा २ दिनअघि दल दर्ता गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । दलको अध्यक्षमा जीवन राई रहेका छन् । नेकपा एमालेभित्र विवाद चर्किएर दल विभाजनको अवस्थामा पुगेका बेला नयाँ दल दर्ता हुनुलाई चासोका साथ हेरिएको छ ।

नयाँ दल दर्ता गर्दै नेपाल समूह

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ ।प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ । यसबीच पार्टी एकताका लागि छलफल जारी राख्ने विकल्प खुलासमेत राखिएको छ ।पछिल्लो राजनीतिक अवस्थाबारे समूह नेतासँग छलफल गरिरहेका नेपाललाई छुट्टै दल गठन गर्न सुझाव आइरहेको छ । शनिबार पार्टी जिल्ला पदाधिकारी, स्थायी कमिटी सदस्यसंग छलफल गरेका नेपालले गत बिहीबार र शुक्रबार केन्द्रीय

एमाले विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ता गर्न निवेदन

९ जेठ, काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) पार्टी दर्ताका लागि निवेदन परेको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका नेता जीवन राई अध्यक्ष रहेको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । नयाँ पार्टी दर्ताका लागि वैशाख ७ गते निवेदन दिएको र ४५ दिनपछि दल दर्ताको प्रमाणपत्र लिन बोलाएका उनले अनलाइनखबरलाई […]

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ ।पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधि पद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले लगाउँदै

नेकपा नाम विवाद : सर्वाेच्च अदालतले २० गते फैसला सुनाउने

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेसँगै उत्पन्न पार्टीको नाम विवादबारे सर्वाेच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी दर्ता हुँदाहुँदै उस्तै नामको अर्को दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध ऋषिराम कट्टेलले सर्वाेच्चमा रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै अदालतको बिहीवारको इजलासले २० गते निर्णय सुनाउने निधो गरेको सर्वाेच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । बिहीवार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा मु...

सहमति नभए फ्रिज हुन सक्छ नेकपाको सूर्य चिह्न

१५ माघ, काठमाडौं । आगामी वैशाखका लागि घोषित मध्यावधि निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने अन्तिम तयारीमा रहेको निर्वाचन आयोगले भोलि शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुबै समूहलाई छलफलमा बोलाएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पत्र पठाएर शुक्रबार बिहान साढे ११ बजे दुबै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति […]