पूर्व गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हुनुहुन्छ । बबरमहलस्थित कार्यालयमा नागरिकता प्राप्तिका लागि उहाँ लाममा देखिनु भएको हाे । उहाँ काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा पुग्दा फोटो पत्रकार र विशेष गरी युट्यबरको बाक्लो भीड लागेको छ ।