काठमाण्डाै – प्रधानसेनापति प्रभुराम शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ भारतीय महारथीको सम्मान पाउनुभएको छ ।
हिजो मङ्गलवार भारतको नयाँ दिल्ली जानुभएका प्रधानसेनापति शर्मालाई आज बुधवार राष्ट्रपति भवनमा भएको भव्य समारोहमा भारतीय राष्ट्रपति कोविन्दले मानार्थ महारथीको सम्मान दिनुभएको हो । समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंह, भारतीय सेना अध्यक्ष एमएम नरवणे लगायत उच्च पदस्थ व्यक्तिको सहभागिता थियो ।
भारतीय सेनापति नरवणेले गएको वर्ष नै नेपाल आएर यहाँको मानार्थ महारथीको सम्मान लिइसक्नुभएको छ ...