बर्खास्त न्यायाधीश रेणुका साहको रिटमा सक्कल फाइल झिकाउन आदेश

न्यायपरिषदको सिफारिसमा कामु प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्वन्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।आदेशमा भनिएको छ, ‘निवेदिका रेणुका साहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि मिति २०७५। १२ । १९ मा र निजलाई सो पदबाट हटाउने सम्बन्धमा मिति २०७९।३।२४ मा न्याय परिषद्बाट गरिएको सिफारिश निर्णय सम्बन्धी सक्कल फाइल तथा निजको व्यक्तिगत फाइल न्याय परिषद सचिवालयबाट पेशीका दिन इजलास समक