नेपालाई शुक्रबार पहिलो पटक घरेलु मैदानमा इतिहास रच्ने अवसर प्राप्त भएको छ। पछिल्लो एक वर्षमा महिला फुटबलमा नेपालले गरेको प्रगती र अन्तर्राष्ट्रिय क्षेत्रमा मारेको फड्कोले यसलाई सहज बनाउने छ।विराटनगरको सहिद रंगशालामा हुने साफ महिला च्याम्पियनसिपको फाइनलमा चौथोपटक उत्रँदा नेपाली टोलीसामू पहिलो पटक उपाधि जित्ने अवसर सँगै नेपाली महिला फुटबलमा सुखद दिनको सुरूवातसमेत हुनेछ।