नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएको छ । यसअघि दीर्घरोगी र वृद्धवृद्धा मात्र जोखिममा पर्ने गरेका भए पनि पछिल्लो तथ्याङ्कमा युवा र बालबालिका पनि सङ्क्रमणको उच्च जोखिममा रहेको देखिएको छ । यसरी हेर्दा विद्यालय पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको क्षेत्रमा पर्छ ।
कोरोना सङ्क्रमण हुनै नदिनका लागि पूर्व सतर्कता अपनाउने र लक्षण देखिइसकेपछि पनि सावधानी अपनाएर पठनपाठन सञ्चालन गर्ने विषय निक्कै संवेदनशील रहेको छ । कोरोना सङ्क्रमणबाट बच्न र बालबालिकालाई जोगाउनका लागि सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना ग...