काठमाडौँ । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घले केन्द्रीय कोषाध्यक्ष गोपाल गिरीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सङ्घका अध्यक्ष ढुन्डिराज शर्माको हस्ताक्षरमा २०७७ पुस २३ गते जारी प्रेसवक्तव्यमा स्वास्थ्यलाभको कामना व्यक्त गरिएको हो ।
वक्तव्यको पूर्ण पाठ यस्तो छ–
“अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा नेसनल मल्टिपर्पोज इन्भेस्टमेन्ट कम्पनी प्रालिका सदस्य गोपाल गिरीजी कोभिडको सङ्क्रमणका कारण गम्भीर अवस्थामा चितवन मेडिकल कलेजबाट रिफर भई ह्याम्स अस्पताल काठमाडौँमा उपचारार्थ भरना हुनुभएको र अस्पतालको पछिल्लो रिपोर्टअनुसार उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ।
सङ्घको तर्फबाट उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । साथै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलगायतको टिमलाई पनि सावधानीपूर्वक उपचारमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ।”
कोभिड–१९ का कारण चितवनबाट उपचारार्थ काठमाडौँ ल्याइएका गिरीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ