जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले लगेको घटनामा प्रेस काउन्सिल किन बोलेन भन्ने प्रश्न उठेपछि काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले समाचारसम्बन्धी विवाद र सामाजिक सञ्जालमा हुने व्यक्तिगत झगडालाई छुट्याएर हेर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहिताबारे प्रश्न उठे जवाफदेहिता खोज्ने निकाय काउन्सिल नै भएको स्पष्ट पारेका छन्। तर […]
एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बंगालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो । प्रहरीका अनुसार केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित […]
नुवाकोट । भोटेकोशीको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ। ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको कठिनाइलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो। गत भदौ १० गतेको बाढीले पुल बगाएपछि नदी वारपार […]
तत्कालीन समयमा पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ अथवा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो। उपचारका लागि लाग्ने खर्च, लामो यात्रा र काम छाडेर अस्पताल बस्नुपर्ने कठिनाइले आर्थिक अवस्था कमजोर भएका परिवारलाई थप पीडा दिन्थ्यो। समयमै उपचार नपाउँदा सामान्य समस्या पनि जटिल बन्ने र दृष्टि गुमाउनुपर्ने जोखिम उत्तिकै थियो। यस अवस्थाको अन्त्य […]