धनगढी : आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले राष्ट्रिय जागरण अभियानको सुरुवात गर्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र कालापानी नेपाली भु–भागबाट निर्वाचनको शंखघोष गर्ने तयारी भइरहेको एमालेले जनाएको छ। सुदूरपश्चिमको बैतडी र कञ्चनपुरबाट निर्वाचन प्रचारको काम १८ गतेबाट सुरु हुने गरी निर्वाचन लक्षित विभिन्न रणनीति अपनाएको छ। सुदूरपश्चिममा पहिलो पार्टी हुने गरी नीति, विचार र नेतृत्वको जगमा निर्वाचन लक्षित एजेण्डा सार्वजनिक