विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध गएको आइतबार अविश्वास प्रस्ताव दर्ता भयो। ओली निकटका मुख्यमन्त्रीले आफूविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव पेस गरेको भोलिपल्ट सोमबार अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रचण्ड–माधव समूहका १९ जनालाई २४ घण्टे लिखित स्पष्टीकरण सोधे।उनले दलको विधानअनुसार आफू दलको नेताको हैसियतले लिखित स्पष्टीकरण सोधेका थिए।मंगलबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर आफ्ना समूहका भीम आचार्यलाई दलको