चितवन : पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यवृद्धि गराएको भन्दै चितवनका पाँच विद्यार्थी संगठनले बुधबार विरोध जनाएका छन्। नेपाल विद्यार्थी संघ चितवन, समाजवादी विद्यार्थी युनियन चितवन, अखिल क्रान्तिकारी चितवन, अनेरास्ववियू चितवन र अखिल छैटौँले संयुक्तरूपमा आन्दोलन गरेका हुन्।नारायणगढको पुलचोकस्थित कैलाश पेट्रोल पम्पबाट सुरु गरेको विरोध र्याली भरतपुरको साझा पेट्रोल पम्पमा आएर सकिएको थियो।केपी ओली नेतृत्वको सरकारले नेपाल आयल निगमलाई घाटा छ भन्ने बहानामा महिनैपिच्छे मूल्यवृद्धि गरेर जनताको ढाड स