काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिकतर्फ उम्मेदवार चयनको मापदण्ड तयार गरेको छ । समाजवादीका महासचिव डा.बेदुराम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवार चयनको ६ वटा मापदण्ड तय गरेको जनाएका छन्। हाल समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई लगातार दोहोर्याएर बन्द सूचीमा नसमेट्ने मापदण्ड तय गरिएको छ। गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका, विगतमा दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद