रुस र युक्रेनबीच बढ्दो तनावकाबीच लुहान्स्कमा शक्तिशाली विस्फोट भएको छ ।
पूर्वी युक्रेनको लुहान्स्कमा ग्याँस पाइप लाइनको एक भागमा विस्फोटपछि आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुस समर्थित समूहको पकड रहेका लुहान्स्कसहित केहीक्षेत्रमा विस्फोटका घटना हुन थालेपछि युक्रेनले ती क्षेत्रका बालबालिका र महिलालाई अन्तै पठाउन सुरु गरेको छ ।
यो घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गर्ने अन्तिम योजनामा रहेको बताउनुभएको छ । अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी कि...