केएमसीका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले दले मोसो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले कालो मोसो दलेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियूका विद्यार्थीहरूले शर्मालाई मोसो दलेका हुन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले आज आयोजना गरेको छलफलपछि विद्यार्थीहरूले मन्त्रालय परिसरमा उनीमाथि मोसो दलेका हुन् । अतिरिक्त शुल्क लिएको भन्दै अध्ययनरत विद्यार्थीहरू लामो समयदेखि आन्दोलनरत छन् । सरकारलाई...