पाटनमा झल्कँदै चीनको संस्कृति र प्राकृतिक सुन्दरता ! [तस्वीरहरू]

पाटन (ललितपुर) । ललितपुरको पाटनमा चीनको कला, संस्कृति र सभ्यताका साथै प्राकृतिक सुन्दरता झल्कने तस्वीरहरूको प्रदर्शनी भएको छ ।  गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समूह र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा पाटन दरबार सङ्ग्रहालयमा आज फोटो प्रदर्शनी भएको हो ।  कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरको उजागर भएको बताइन् । उनले उक्त फोटो प्रदर्शनीले त्यहाँको कला, संस्कृति र सभ्यताका साथै प्राकृतिक सुन्दरता उजागर गरेको बताइन् ।  उपसभामुख राना मगरले आफू चीनमा पुग्दा त्यहाँको रहनसहन र परम्परागत संस्कृतिलाई देख्ने मौका पाएको बताउँदै त्यहाँको प्राकृतिक सुन्दरता, रीतिरिवाज, परम्परागत संस्कृतिको प्रतिनिधित्व फोटो प्रदर्शनीले गरेको उल्लेख गरिन् ।  ‘फोटोले धेरै परिवर्तनका कुराको प्रतिनिधित्व गरेको छ । प्रदर्शनीमा राखिएका फोटोले देशमा आएको परिवर्तन, त्यहाँको कला, संस्कृति, वेषभूषा, रीतिरिवाजको पनि प्रतिविम्बित गर्दछ,’ उनले भनिन्, ‘दुई देशबीच धेरै कुरामा समानता पाइन्छ । देशको भौगोलिक सीमाना कोरिए पनि  मानवीयताको कुनै सिमाना हुँदैन भन्ने कुरा प्रष्ट पारेको छ ।’  गान्सु मोर्डन फोटोग्राफी समाजका उपाध्यक्ष वाङ ज्यान सिनले फोटोग्राफीको विकास, प्रवर्द्धनमा लागेको आफ्नो संस्थाबाट विश्व सम्पदा सूचीमा प्रदर्शनी गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले फोटो प्रदर्शनीबाट दुई देशबीचको कला, संस्कृति र सभ्यताको जानकारी आदानप्रदान हुनुका साथै दुई देशका फोटो पत्रकारका संस्थाबीचको सहकार्यले एकले अर्को देशको नागरिकस्तरमा सम्बन्ध कायम गर्ने अवसर मिलेको बताइन् ।  राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले प्रदर्शनीले चाइनाको अनुभूति दिलाउँदै नेपाल र चाइनाबीचको पर्यटनलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए । उनले फोटो प्रदर्शनीले दुई देशबीच सामीप्यता बढाउने बताए ।  नेपाल चाइना फ्रेण्डसीप फोरमका अध्यक्ष डा. कल्याणराज शर्माले चीनको हरेक सहरको उत्तिकै विकास भएको बताउँदै उनले त्यहाँको रहनसहन नेपालसँग मिल्दोजुल्दो भएको बताए । उनले गान्सु प्रदेश जनजातिको बस्ती भएको बताउँदै त्यहाँको फोटो प्रदर्शनीले नेपालको विकासका लागि पनि सहयोगी हुनसक्छ भन्ने अपेक्षा रहेको बताए ।  नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलका अध्यक्ष डा. हरिश्चन्द्र शाहले यस प्रदर्शनीले नेपाल र चीनबीचको प्राचीन सभ्यता र संस्कृतिलाई नजिकबाट बुझ्न सहयोग पु¥याएको र सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुर्‍याउने बताए ।  हेर्नुस् तस्वीरहरू राससको सहयोगमा

सम्बन्धित सामग्री

नेपाली खानामा लोभिँदै विदेशी पर्यटक

प्राकृतिक सुन्दरता हेर्न मात्र होइन यहाँका रैथाने खानाको स्वाद लिन पनि विदेशी पर्यटक नेपाल आउन थालेका छन्।...

पर्यटकलाई लोभ्याउँदै ‘तोक्पेगोला’

ताप्लेजुङ– ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि चार हजार १०० […]

३५ सय बोकेर मेची महाकाली यात्रा गरेका अभिनय विश्व साइकल यात्रा गर्दै

आफूले देशका ७७ जिल्लाका विभिन्न ठाउँमा पुगेर नेपालको प्राकृतिक सुन्दरता नियाल्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा राम्रो सम्भावना रहेको उनको अनुभव छ ।

ऐतिहासिक ज्यामरुककोटबाट देखिएको प्राकृतिक सुन्दरता, तस्वीरहरू

म्याग्दी :  बेनी नगरपालिका-२ मा पर्ने १७ औं शताव्दीको ऐतिहासिक ज्यामरुककोट खड्गभवानी कोटबाट धवलागिरि हिमश्रृङखला १५ वटा हिमाल र चारवटा जिल्लाका दर्जनौ वस्तीहरूको प्राकृतिक दृश्यावलोकन गर्न पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरू जान थालेपछि ज्यामरुककोट नयाँ पर्यटकीय स्थलको रुपमा चिनिदै जान थालेको छ।बेनीको शिरैमा अवस्थित अग्लो ज्यामरुककोट डाँडा जहाँबाट दुई ठूला नदीले काखमा हालेजस्तो देखिने सुन्दर बेनी बजारको दृश्य अवलोकन गर्न सकिन्छ। बजारसँगै देखिने रमणीय धौलागिरि हिमश्रृङ्खला र पहाडी रमणीय

मुस्ताङमा चुनावी गतिविधि सुस्त

छर्लङ्गै खुलेको छ मौसम। चारैतिर सेता हिमाल मुसुक्क मुस्कुराइरहेका छन्। सेता हिमाल हेर्दै प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र मुस्ताङका होटल व्यवसायीको न्यानो आतिथ्यतामा रमाइरहेका आन्तरिक तथा बाह्य पर्यटकको रौनक बढेको मुस्ताङमा अबको २६ दिनपछि हुने प्रतिन...

काठमाडौं उपत्यकामा प्राकृतिक सुन्दरता (फोटो फिचर)

२१ साउन, काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहिलेकाही प्रकृति नै निर्णयक बन्छ ।मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ । काठमाडौंको प्रकृति पनि त्योभन्दा फरक […]

नेपालको पर्यटन प्रवर्द्धनमा इटाली नागरिक

हिमालयको पदयात्रामा निस्केका इटालियन पदयात्री कार्लो मेम्बर्टो नेपालको प्राकृतिक सुन्दरता र नेपाली आतिथ्यतालाई अमिट रुपमा आफ्नो मन मुटुमा स्थान बनाइ सकेका थिए।...

मन नै लाेभ्याउने सङ्खुवासभाकाे प्राकृतिक सुन्दरता (फाेटाे फिचर)

सङ्खुवासभा - नेपालको पूर्वी हिमाली जिल्ला सङ्खुवासभालाई प्राकृतिक श्रोत साधनले भरिपूर्ण मानिन्छ। विश्वकै होचो उपत्यका अरुण उपत्यका तथा विश्वको पाँचौँ अग्लो चुचुरो मकालु हिमाल पनि यसै जिल्लामा पर्छ । यस जिल्लामा भएका धेरै पर्यटकीय क्षेत्रहरुमध्ये मकालु आधार शिविर र शिवधारा प्राकृतिक सुन्दरताले सबैको मन लोभ्याउँछ। करिब दुई सय फिटभन्दा माथि चट्टानको बीचबाट निस्केको शिवधारा, पार्वती गुफा, गर्भवती महिलाको शरीरजस्तो देखिने आमाभुजुङ, जोखिम सूचीमा रहेको शेरसोङ हिमताल, पवित्र वरुण नदीको उद्गमस्थल दूधपोखरी, मकालु आधार शिविर लगा...