नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम: धितोपत्र बजारलाई स्वच्छ, पारदर्शी र लगानीकर्तामैत्री बनाइने

काठमाडौं। नेपाल धितोपत्र बोर्डले आइतवार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विगतमा सरोकारवालालाई समेत सहभागी गराएर औपचारिक कार्यक्रममार्फत सार्वजनिक हुँदैं आएको बोर्डको नीति तथा कार्यक्रम यस वर्ष अनौपचारिक रूपमा सार्वजनिक गरिएको छ । बोर्डको आधिकारिक वेबसाइटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।  विभिन्न महत्त्वपूर्ण आधारहरूलाई लिएर बोर्डको यस वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको अध्यक्ष रमेशकुमार हमालको भनाइ छ । उनका अनुसार बोर्डले नीति तथा कार्यक्रम तर्जुमा गर्दा नेपाल सरकारको १५औं योजना, सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट, धितोपत्र बजार नियमन निकायको अन्तरराष्ट्रिय संस्थाको सिद्धान्त, बोर्डको चारवर्षे रणनीतिक योजना, धितोपत्र बजारको वर्तमान परिदृश्य र बजारविज्ञ, अध्ययन तथा अनुसन्धानकर्ता, लगानीकर्ता एवं सरोकारवालाबाट प्राप्त राय सुझावलाई आधार बनाइएको छ ।  विकासात्मक र नियमित गरी दुई भागमा विभाजन गरिएको यस वर्षको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बजारको विकास विस्तारमा सशक्त भूमिका खेल्ने हमालले बताए । बोर्डको नीति तथा कार्यक्रम पूर्ण कार्यान्वयनका लागि नेपाल सरकार, वित्तीय क्षेत्रका अन्य नियमन निकाय, बजार सहभागीलगायत सरोकारवाला समेतको सकारात्मक सहयोग र सहकार्य रहने अपेक्षा उनले गरेका छन् ।  बोर्डले धितोपत्र बजारलाई स्वच्छ, पारदर्शी तथा लगाकर्तामैत्री बनाई लगानीकर्ताको हित संरक्षण सुनिश्चित गरी बजारमा साधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने नीति लिइएको छ । धितोपत्रसम्बन्धी विद्यमान कानूनी व्यवस्थामा समयानुकूल सुधार गरी बजारलाई सुदृढ, गतिशील तथा प्रभावकारी बनाउन संरचनात्मक सुधार गर्ने बोर्डको योजना छ । बोर्डबाट सम्पादन गरिने कार्यलाई सूचना प्रविधिमैत्री बनाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य छ ।  वस्तु विनिमय बजार सञ्चालनको पुरानो योजना बोर्डले यस वर्ष पनि दोहोर्‍याएको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा अनुमति प्रदान गर्ने प्रणालीलाई थप प्रभावकारी एवं पारदर्शी बनाई तोकिएको मापदण्ड पूरा गरेका संस्थाहरूलाई निश्चित अवधिभित्र खुला प्रणालीमार्फत अनुमति प्रदान गर्ने अधुरो योजना यस वर्ष पनि अघि सारिएको छ । बोर्डले धितोपत्र बजार र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स वितरण गर्न आवेदन संकलन गरिसकेको छ । यस विषयले यो वर्ष पूर्णता पाउने अपेक्षा गरिएको छ । धितोपत्र औजारमा विविधता ल्याउने धेरै वर्षदेखि योजना पनि दोहोरिएको छ । गैरआवासीय नेपालीको लगानी भित्त्याउने १ दशकअघिको नीतिलाई हरेक वर्ष प्राथमिकतामा राख्दै आएको बोर्डले यस वर्ष पनि निरन्तरता दिएको छ । गैरआवासीय नेपालीलाई पूँजी बजारमा सहज प्रवेशका लागि आवश्यक कानून तथा संस्थागत पूर्वाधार तयार गर्ने योजना बोर्डको छ । बोर्डले चालू आवका लागि विकासात्मकतर्फ ३० कार्यक्रम र नियमिततर्फ ४४ कार्यक्रम गरी कुल ७४ कार्यक्रम निर्धारण गरेको जानकारी दिएको छ । सर्ट सेलिङ, इन्ट्रा डे कारोबार, अक्सन मार्केट र सेक्युरिटी लेन्डिङ एन्ड बरोइङको व्यवस्था गरी इक्विटी डेरिभेटिभ्सलगायतका नयाँ औजारहरू लागू गर्ने सम्बन्धमा विज्ञमार्फत अध्ययन थालिने  विकासात्मक कार्यक्रमअन्तर्गत बोर्डले नीतिगत तथा कानूनी व्यवस्था तथा सुधार, बजार नियमन तथा सुपरिवेक्षणसम्बन्धी सूचना प्रविधि प्रणालीको विकास तथा जोखिम व्यवस्थापन, नियमन तथा सुपरिवेक्षण सुदृढीकरण र संस्थागत विकास तथा पहुँच अभिवृद्धि, बजार पारदर्शिता अभिवृद्धि तथा परिपालना अध्यासमा सुधार, राष्ट्रिय तथा अन्तरराष्ट्रिय समन्वय तथा सम्बन्ध विकास र अध्ययन तथा अनुसन्धान र व्यावसायिकता, लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धिको विषय समेटेको छ । यी विषयभित्र गैरआवासीय नेपालीको लगानी खुला गर्न धितोपत्रसम्बन्धी कानूनहरूमा आवश्यक संशोधन गर्ने, धितोपत्र व्यवसायीका लागि संस्थागत सुशासनसम्बन्धी निर्देशिका तर्जुमा गर्ने, हरित बन्डलगायत नवीन वित्तीय औजार निष्कासन गर्न सक्ने गरी आवश्यक नीतिनियम संशोधन एवं तर्जुमा गर्नेलगायत कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । विकासात्मक कार्यक्रमभित्र महत्त्वपूर्ण तथ्यांक व्यवस्थापनका लागि बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमनका लागि अन्तरराष्ट्रिय रूपमा प्रयोग भइरहेको एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणाली प्रयोगका सम्बन्धमा अध्ययन गरिने र धितोपत्र दोस्रो बजार कारोबारको भुक्तानी सुनिश्चितताका लागि राफसाफ सुनिश्चितता कोष प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहजीकरण गर्ने विषयलाई बोर्डले यस वर्ष पनि प्राथमिकतामा राखेको छ । बोनस शेयरमा लाग्ने कारलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ब्रोकरहरूको अनुगमन तथा सुपरिवेक्षण कार्यलाई व्यवस्थित बनाउन जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गर्ने भनिएको छ । जलविद्युत् क्षेत्रका कम्पनीका संस्थापक शेयरधनीको लकिङ पिरियड र संस्थापक शेयरधनीमा भएको परिवर्तनका सम्बन्धमा आवधिक रूपमा जानकारी प्रवाह गराउने व्यवस्था यसै वर्षदेखि लागू गर्ने योजना छ । साथै लगानीकर्ता एवं सरोकारवालाको गुनासो प्रभावकारी रूपमा समाधान गर्न बोर्डले मोबाइल एप सहितको केन्द्रीकृत गुुनासो सुनुवाइ प्रणालीको व्यवस्था गर्ने भनिएको छ । धितोपत्र बजारमा प्रयोग हुने सूचना प्रविधिका साधन तथा प्रणालीमा विद्युतीय अपराध न्यूनीकरणका लागि अन्तरराष्ट्रिय रूपमा स्वीकृत मानकहरू अध्ययन गरी आवश्यक प्रणाली सम्परीक्षण ढाँचा तयार गर्ने योजनासमेत बोर्डको छ । धितोपत्र बजारमा मध्यस्थता लागत कम गरी पूँजीमा पहुँच तथा कारोबारमा वृद्धि गर्न धितोपत्र बजार र व्यवसायीले दिने शुल्कबारे अध्ययन गर्ने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ । धितोपत्र बजारको विकास र विस्तार गर्न, बजार संरचनाको स्वरूपमा परिवर्तन गर्न एवं नयाँ धितोपत्र औजार सञ्चालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत व्यवस्था गर्ने योजना छ । सर्ट सेलिङ, इन्ट्रा डे कारोबार, अक्सन मार्केट र सेक्युरिटी ल्यान्डिङ र बरोइङको व्यवस्था गर्न र नयाँ औजारहरू इक्विटी डेरिभेटिभ्सलगायत सम्बन्धमा विज्ञमार्फत अध्ययन तथा अनुसन्धान गर्ने कार्यक्रम बोर्डले अघि सारेको छ । यीबाहेक बोर्डले नियमित कार्यक्रमअन्तर्गत धितोपत्रको सार्वजनिक निष्कासनका लागि स्वीकृति प्रदान गर्ने, धितोपत्र दलाल व्यवसायीको शाखा विस्तार र आधिकारिक प्रतिनिधिको नियुक्ति स्वीकृत गर्ने, धितोपत्र बजारमा हुने दैनिक कारोबार, कारोबार रकम, कारोबार हुने कम्पनी, कारोबार भएको धितोपत्र आदिको रियल टाइम सर्भिलियन्स गर्ने तथा नियमित रूपमा बजार तथा कारोबारको अनुमन गर्नेलगायत योजना समेटेको छ । लगानीकर्ता शिक्षा, प्रशिक्षण, जनचेतना अभिवृद्धि, प्रकाशन र तालीम तथा व्यावसायिक विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बोर्डको योजना छ । 

सम्बन्धित सामग्री

लगानीकर्ता सचेतना बढाउन धितोपत्र बोर्ड र महासंघबीच सहकार्य

पुँजी बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्न धितोपत्र बजार विकास गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी भएको छ । पुँजी बजारसम्बन्धी ज्ञान र अभिवृद्धिका लागि लगानीकर्ता...

नेपाल धितोपत्र बोर्ड कुन किसिमको निकाय हो ?

नेपालको धितोपत्र बजारको नियमन र सुधार तथा विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम स्थापित नेपाल सरकारको पुँजी बजारको नियमन निकाय नेपाल धितोपत्र...

निर्वाचन आयोगले सोध्यो धितोपत्र बोर्ड र बीमा समितिलाई स्पष्टीकरण

काठमाडौँ– निर्वाचन आयोगले नेपाल धितोपत्र बोर्ड र बीमा समितिसँग स्पष्टीकरण माग गरेको छ। निर्वाचन आचारसंहिता लागु भइरहेको अवस्थामा सरकारले नेपाल धितोपत्र बोर्ड र बीमा समितिमार्फत लाइसेन्स वितरण गर्न खोजेको भन्ने विवरण सार्वजनिक भएकाले आयोगले स्पष्ट पार्न भनेको हो। आयोगले आचारसंहिता विपरीत दीर्घकालीन असर पार्ने क्रियाकलाप र योजना अघि नबढाउन भनेको छ। यस्तो अवस्थामा धितोपत्र बोर्ड […]

नयाँ स्टक एक्सचेन्ज तत्काल नआउने

नेपाल धितोपत्र बोर्ड नयाँ स्टक एक्सचेन्ज खोल्नबाट तत्काललाई पछि हटेको छ । निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्जको स्वीकृति दिएर नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रतिस्पर्धी बनाउनबाट बोर्ड पछि हटेको हो । बोर्डमा नयाँ...

थप सात संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सेबोनको स्वीकृती

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप सात संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्विकृती दिएको छ। बोर्डको नियमन तथा व्यवस्थापन विभागले थप सात संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न...

रमेशकुमार हमाल, अध्यक्ष,नेपाल धितोपत्र बोर्ड

The post रमेशकुमार हमाल, अध्यक्ष,नेपाल धितोपत्र बोर्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेबोनले भन्यो– सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्नू

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताहरूलाई सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्न अनुरोध गरेको छ ।

दुई महिनादेखि धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन, दैनिक कामकारबाही प्रभावित

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से) नेतृत्वविहीन भएको करिब दुई महिना बितिसक्दा पनि सरकारी निकायले कुनै चासो देखाउन सकेको छैन । नियामक नेतृत्वविहन हुँदा पुँजी बजारमा हुने पोलिसी निर्माणदेखि दैनिक...

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसी

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु बहादुर जिसी निर्वाचित भएका छन् । युनियनको छैठौं विशेष अधिवेशनले जिसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।वरिष्ठ उपाध्यक्षमा गौरव बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका […]