दुई दिनमै ६ हजार ६७ सवारीसाधन ट्राफिक कारबाहीमा

काठमाडौं : दुई दिनभित्र ६ हजार ६७ वटा सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत सोमबार ३ हजार ४ वटा सवारीसाधन ट्राफिक कारबाहीमा परेका थिए। जसमा मापसे १ सय ८,लेन मिच्ने ७८, रेड लाइट ६०, हर्न ३९, नम्बर प्लेट २०, लिडारगन १ सय १, अन्य २ हजार ५ सय ९८ सवारीसाधन कारबाहीमा परेका छन्। यस्तै, हिजो (मंगलबार) मात्रै ३० हजार ६३ सवारीसाधन कारबाहीमा परेका छन्।मापसे १ सय २१, लेन मिच्ने ६६, रेड लाइट ४२, हर्न ३९, नम्बर प्लेट २०, ल

सम्बन्धित सामग्री

सल्यानमा २० दिनमै ९२ सामुदायिक वनमा डढेलो

चैत्रको दोस्रो सातादेखि बैशाख पहिलो सातासम्म सल्यानका १० स्थानीय तहका ९२ सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोका कारण झन्डै ६ हजार वन क्षेत्रमा क्षति पुगेको छ भने जिल्लाका विभिन्न स्थानीय तहका वन क्षेत्रभित्र रहेका बस्तीका २५ घर र एक मन्दिर जलेर नष्ट भएका छन् ।

भारतमा एक दिनमै भेटिए ६ हजार बढी कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं । भारतमा एकै दिनमा ६ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार हाल भारतमा ३१ हजार १ सय ९४ कोरोना संक्रमित रहेका छन् । भारतको जीनोम सिक्वेन्सिङ अनुगमन निकायका अनुसार हाल भारतमा रहेको संक्रमण मध्य ३८.२५ कोरोना केसहरू एक्स्बीबी १.१६ ओमिक्रोन […]

एशियन हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै पर्‍यो मागभन्दा करीब ३ गुणा बढी आवेदन

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले विक्रीमा ल्याएको आईपीओ खरीदका लागि पहिलो दिनमा नै मागभन्दा करीब तीन गुणा बढी आवेदन परेको छ । माघ २७ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री खुला गरेको कम्पनीको शुक्रवार कार्यालय समयभित्र १ लाख ६७ हजार ५२२ जनाले १८ लाख ९७ हजार कित्ता शेयर खरीद माग गरेका हुन् ।  कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर रू. १०० मूल्यका रू. ८ करोड ४० लाख  बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा वितरण गरिएको छ ।  त्यस्तै ५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा समेत बाँडफाँट गरी  १६ हजार ८०० कित्ता शेयर कम्पनीका लागि सुरक्षित गरीएको कम्पनीको भनाइ छ । यी वाहेक बाँकी ६ लाख ९७ हजार २०० कित्ता शेयर कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको आईपीओमा खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन प्राप्त भइसकेकाले कम्पनीको आईपीओ छिटो अवधि फागुन २ गतेसम्म मात्र विक्रीमा रहनेछ ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सि–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  यस कम्पनीले ईलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।  यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ भने  प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी छ । हाल कम्पनीमा संस्थापक तर्फबाट रू. २२ करोड २० लाख रकम चुक्ता भएको छ । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुग्नेछ । यो समाचार पनि क्लिक गर्नुहोस् : एशियन हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि विक्री खुला, हेरौं भिडियो विवरण

हनुमानढोका दरबार संग्रहालयमा बढ्न थाले पर्यटक

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्न थालेको छ । कोरोनाको जोखिम कम हुँदै गएपछि गत असोज १ गतेदेखि संग्रहालय आन्तरिक एवं बाह्य पर्यटकका लागि खुला गरिएको थियो । कोरोना जोखिम घट्दै गएर विद्यालयसमेत खुल्न थालेपछि संग्रहालय आउने आन्तरिक पर्यटकको संख्या दिनमै ३०० नाघ्न थालेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । विद्यालय खुलेकाले विद्यार्थी समूहमै संग्रहालयमा अवलोकनका लागि आउन थालेका छन् । कोरोनापछि उपत्यका बाहिरबाट भने अझै आन्तरिक पर्यटक नआएको उनले बताए । उपत्यका बाहिरबाट पनि आउन थालेपछि आन्तरिक पर्यटक नै दिनमा ५०० भन्दा बढी पुग्नेछ । कार्यालयले संग्रहालयभित्र ग्यालरीमा घुम्न आउने अवलोकनकर्ताका लागि स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र प्रवेश गराउने गरेको छ । प्रवेश गर्नेका लागि मास्क अनिवार्य गरिएको छ । ठाउँठाउँमा स्यानिटाइजरको पनि व्यवस्था गरिएको छ । संग्रहालय खुृलेको पहिलो महिना असोजमा चार हजार ३०० आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । सो महिनामा सबै देशको बाह्य उडान नखुलेकाले ९० जनामात्र विदेशी पर्यटक आएका थिए । कात्तिक महिनामा ६ हजार ४०० स्वदेशी पर्यटक र ३४३ विदेशी पर्यटक आएको कार्यालयले बताएको छ । विदेश पर्यटकतर्फ अमेरिकाका धेरै आएका छन् । कम आउनेमा चीनका पर्यटक रहेको अड्डाले बताएको छ ।      संग्रहालय प्रवेशका लागि स्वदेशीलाई ३०, विद्यार्थीका लागि शुक्रवार १५ र विदेशीका लागि ३०० शुल्क लिइन्छ । विदेशीका लागि गत असोजदेखि मात्र हनुमानढोका दरबार हेरचाह अड्डाले शुल्क लिन थालेको हो । हनुमानढोका दरबार क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकका लागि काठमाडौं महानगरपालिकाले एक हजार शुल्क लिने गरेको छ । महानगरले २०६८ देखि शुल्क लिन थालेको हो । त्यसअघि अड्डाले लिने गरेको थियो । महानगरले उठाएको विदेशीको शुल्कबाट हनुमानढोका दरबार हेरचाह अड्डालाई २५ प्रतिशत दिने गरेको थियो । कोरोना महामारीपछि दरबार क्षेत्र प्रवेश गरेका पर्यटकको शुल्क महानगरले नदिएपछि कार्यालयले आफै ३०० को टिकट काट्न थालेको संग्रहालय अधिकृत जयनारायण कार्कीले जानकारी दिए । रासस

भरतपुर विमानस्थलबाट साढे दुई वर्षमा ३ लाखभन्दा बढी यात्रुले लिए सेवा

साउन १७, चितवन । भरतपुर विमानस्थलबाट साढे दुई वर्षमा ३ लाखभन्दा बढी यात्रुले सेवा लिएका छन् ।  विमानस्थल कार्यालयका अनुसार सन् २०१९, २०२० र २०२१ को जुन महीनासम्म गरेर ३ लाख ११ हजार २६६ यात्रुले सेवा लिएका हुन् । जसअनुसार २०१९ मा सबै उडान गरी १ लाख ८२ हजार २७६ यात्रुले सेवा लिएका थिए भने सन् २०२० मा ७४ हजार ८०७ यात्रुले सेवा लिएका थिए ।  यस्तै २०२१ को जुनसम्म ५४ हजार १८३ जना यात्रुले सेवा लिएका थिए । उडानमा यात्रुहरुको आकर्षण बढेपनि निषेधाज्ञा र लकडाउनका कारण  उडानसँगै यात्रुहरुको संख्यामा पनि कमी आएको बताए । उडान चालू भएको बेला उडानको संख्यासँगै चाप पनि छ । उनले भने, उडान नै नभएपछि यात्रुत स्वतः कम हुने भए ।  साढे दुई वर्षमा १० हजार ७०० पटक उडान  विमानस्थलमा साढे दुई वर्षको अवधिमा विभिन्न उडान कम्पनीका जहाजले १० हजार ७१८ पटक भन्दा बढी उडान गरेका छन् । कार्यालयका अनुसार सन् २०१९ मा ६ हजार ४८८ पटक, २०२० मा २ हजार ४५६ पटक र २०२१ को जुन महीनासम्म १ हजार ७७४ पटक उडान भएको छ ।  निषेधाज्ञाका कारण विमानस्थलमा नियमित उडान बन्द भएपनि चार्टर उडान भने हुने गरेको छ ।  निषेधाज्ञा खकुलो भएपछि केही दिन यतिले नियमित उडान गरेपनि हाल यतिले उडान स्थगित गरेको छ भने बुद्ध एयरले दैनिक रुपमा १८ र ४७ सिटे जहाज गरी १० ओटा जहाजले २० ओटा काठमाडौं र भरतपुर उडान गर्ने गरेको विमानस्थलले जानकारी दिएको छ । यति एयरले उडान स्थगित गरेपछि केही दिनमै गुण एयरले उडान सञ्चालन गर्न लागेको विमानस्थलका प्रमुख कुँवरले बताए ।

पहिलो दिनमै मनकामना स्मार्ट लघुवित्तको आईपीओमा करीब २२ गुणा बढी आवेदन

असार १७, काठमाडौं । बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ दशमलव ९३ गुणा बढी आवेदन परेको छ ।  कम्पनीले ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा विक्री गर्न लागेको कुल रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा ल्याएको हो ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बिहीवार साँझ ५ बजेसम्म ३ लाख ६३ हजार ४९२ कित्ता शेयरका लागि ५ लाख ८९ हजार ८१२ जना आवेदकहरुबाट ७९ लाख ७२ हजार ८२० कित्ताका लागि आवेदन परेको हो ।  यो आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरिएको भएपनि मागभन्दा बढी आवेदन पहिलो दिनमै परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुनेछ । । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि माइनस रेटिङ प्रदान गरेको छ । उक्त आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापकतर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।  गत आर्थिक वर्ष ०७६/७७ सम्ममा रू. २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ८४ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ११० दशमलव ८४ देखि रू. ३३२ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

जीवन विकास लघुवित्तको आईपीओमा पहिलो दिनमै ५ गुणाभन्दा बढी  आवेदन

असार ११, काठमाडौं । प्राथमिक बजारमा शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा पाँच गुणाभन्दा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ बजेसम्ममा ६ लाख ६ हजार ८४४ जना आवेदकबाट रू. ९४ करोड ७१ लाख २४ हजार बराबरको ९४ लाख ७१ हजार २४० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो ।  कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । प्रतिशेयर रू. १०० अंकित मूल्यको कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आईपीओ पहिलो दिनमै विक्रि भैसकेकाले छिटो अवधि असार १५ गतेसम्म मात्र विक्रीमा रहनेछ । सो अवधिभित्र आवेदन नपरेको खण्डमा भने ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको थियो । आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।  यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारीसहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उक्त कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ । नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुँदा कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीले निष्कासन गर्न लागेको यो आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।

नेपाल प्रहरीद्वारा एक दिनमै ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौँ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। ती मध्ये १ हजार ८ सय ५४ भरिएका र ४ हजार ८ सय ५ खाली सिलिन्डर छन्। सङ्कलन गरिएका सिलिन्डरमध्ये ५ हजार २ सय ९३ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई […]

परीक्षण बढ्दा झन् धेरै भेटिए संक्रमित, पछिल्लाे २० दिनमै ६ हजार थपिए

काठमाडौं : सरकारले लकडाउन खुलाएको २० दिनमा १ लाख ४५ हजार ७ सय ४ जनाको पिसिआर परीक्षण गरिसकेकाे छ। हालसम्म ४ लाख ७३ हजार १ सय ७९ जनाको पिसिआर परीक्षण भएकाे सरकाले बताएकाे छ।  लकडाउन खुलाएपछि संक्रमितको संख्या भने बढदै गएको छ। जति धेरै परीक्षण त्यति नै संक्रमित संख्या थपिँदै गएको हो। २० दिनमै न...

२४ घण्टामा पौने तीन लाख संक्रमित, ६ हजारभन्दा धेरैले ज्यान गुमाए

बितेका २४ घण्टामा विश्वभर दुई लाख ८९ हजार ३२१ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा थप ६ हजार १४२ जना संक्रमितको मृत्यु भएको छ।  अमेरिकामा सबैभन्दा धेरै ६७ हजार ८२३ जना नयाँ संक्रमित फेला परेका छन्। त्यहाँ एक दिनमै एक हजार २११ जना संक्रमितको ज्यान गएको छ। ब्राजिलमा ५७ हजार ८३७ जना संक्रमित थपिएका छन् भने ए...