काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई पूजा पाठबाट अर्थतन्त्र सुधार नहुने सुझाव दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रको सुधार पूजापाठ गरेर नहुने बताएका हुन्। उनले भगवानको शरणमा परेर र पूजापाठ गरेर अर्थतन्त्रमा सुधार नहुने बताउँदै भिजनसहितको प्रयासबाट मात्रै अर्थतन्त्रमा सुधार आउने बताए। ‘अजिंगर जस्तो छ। अगाडि केही आयो भने तानेर खाउँला। भन्सारमा राखिदिएको टोकरीमा आइलाग्यो भने स्वाप्प पार्ने।