सामाजिक सन्जालबाट सम्पर्कपछि भारतीय युवकको झुठो प्रेमजालमा परेकी एक युवतीको गत सोमबार वीरगन्जबाट उद्धार गरियो । चेलीबेटी बेचबिखनविरुद्ध सीमामा सक्रिय संस्था आफन्त नेपाल वीरगन्ज शाखाले सशस्त्र प्रहरीको सहयोगमा नुवाकोट घर भएकी २२ वर्षीया युवतीको उद्धार गरेको हो ।