चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए।

सम्बन्धित सामग्री

चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए।

चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागार्इंले बताउनुभयो ।

बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ ।

बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ।

बन्दीपुर अस्पतालले माग्यो सरकारसँग चिकित्सक र उपकरण

तनहुँ – जिल्लाको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल अधिकृत (आठौँ तह) दुवै अध्ययनमा रहेकाले गाउँपालिकाले मन्त्रालयसँग चिकित्सक माग गरेको हो । अस्पतालमा हाल करारमा कार्यरत चिकित्सकहरूको पनि सेवा समाप्त […]

नेपाल चिकित्सक संघले चिकित्सा संग्रहालयको स्थापना गर्ने

११ जेठ, काठमाडौं । नेपालको स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका विभिन्न ऐतिहासिक पुराना मेडिकल उपकरण सामग्रीलाई संकलन गरी नेपाल चिकित्सक संघले चिकित्सा संग्रहालयको स्थापना गर्ने भएको छ । नेपालमा अन्य क्षेत्रको संग्रहालय भएपनि मेडिकल क्षेत्रको हालसम्म संग्रहालय नभएका कारण स्थापना गर्न लागिएको संघका अध्यक्ष डा. लोचन कार्की जानकारी दिए । ‘नेपालको पहिलो ईसीजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान मेसिन […]

स्वास्थ्यचौकीका उपकरण प्रयोगविहीन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन् । ‘लाखौं मूल्यका अल्ट्रासाउण्ड, इसिजी, एक्सरेलगायतका उपकरण सञ्चालन गर्नका लागि तालिमप्राप्त जनशक्ति चाहिन्छ,’ स्वास्थ्यचौकी प्रमुख दुर्गादत्त भट्टले भने, ‘जनशक्ति नहुँदा महिनौँदेखि उपकरण कोठामै थन्किएका छन् ।’ कोभिड–१९ संक्रमणका बेला नगरपालिकाले नियुक्त गरेका चिकित्सकले केही दिन उपकरण सञ्चालनमा ल्याएका थिए । नगरपालिकाको करार सम्झौता सकिएपछि चिकित्सक फिर्ता भएसँगै उपकरण स्वास्थ्यचौकीको कोठामा थन्क्याइएका छन् । ‘चिकित्सकले केही उपकरणमात्रै आंशिक रूपमा सञ्चालन गरेका थिए,’ उनले भने, ‘केही उपकरण दक्ष जनशक्तिकै अभावमा सञ्चालन हुनसकेका छैनन् ।’      दुर्गमका ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि उपलब्ध गराएका उपकरण प्रयोगमा नआउँदा सेवाग्राहीले महँगो शुल्क तिर्दै निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा क्लिनिकबाट सेवा लिनुपरेको छ । ‘उपकरण थन्क्याएर राख्दा बिग्रने सम्भावनासमेत उत्तिकै छ,’ उनले भने, ‘एक्सरे मेसिन त सञ्चालनमा नआउँदै खिया लाग्न सुरु भइसकेको छ ।’       स्वास्थ्यचौकीलाई उपलब्ध गराएकामध्ये अल्ट्रा साउण्ड मेसिनको मूल्य मात्रै २६ लाख बढी छ । यसैगरी एक्सरे र इसिजी मेसिनसमेत २० लाखभन्दा बढी मूल्यका छन् । लाखौँ रकम खर्च गरेर उपलब्ध गराइएका मेसिन सञ्चालनमा ल्याउन नसक्नु नगरपालिकाको कमजोरी भएको स्थानीय समाजसेवी करनबहादुर ऐरले बताए । ‘जनतालाई सर्वसुलभ र सहज रूपमा सेवा उपलब्ध गराउनुपर्नेमा उल्टै सास्ती दिने कार्य गरेको छ,’ उनले भने, ‘तत्काल स्वास्थ्यचौकीमा रहेका उपकरण सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गरी सञ्चालनमा ल्याउन नगरपालिकाले काम अगाडि बढाउनुपर्छ ।’रासस

अस्पताललाई अत्यावश्यक उपकरण सहयोग

सिमकोट – स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पताललाई महँगा मूल्यका अत्यावश्यक उपकरण सहयोग उपलब्ध भएको छ। कार्यालयको मागअनुसार अस्पतालका लागि आवश्यक उपकरण निःशुल्क उपलब्ध भएका हुन्। अस्पतालका चिकित्सक टासी आङ्जु लामाले अस्पतालको माग र आवश्यकतालाई ध्यानमा राखी उक्त उपकरण उपलब्ध भएको जानकारी दिए। युएस एडको आर्थिक सहयोगमा स्वास्थ्यका लागि सक्षम प्रणालीले ६४ लाख ३५ हजार १६९ […]

अब जनतालाई कोरोनाबाट मुक्त गर्न ध्यान केन्द्रित गर्छौंः उपप्रधानमन्त्री

‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं’, उपप्रधानमन्त्री पोखरेलले भने।...