काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे उपाधि पाकिस्तानले जितेको छ । आज शुक्रवार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।
क्राइस्टचर्चमा जितका लागि पाएको एक सय ६४ रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा पाँच विकेट गुमाएर भेटायाे । पाकिस्तानका मोहम्मद नजावले नटआउट ३८ र मोहम्मद रिजवानले ३४ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका माइकल ब्रेसवेलले दुई विकेट लिए ।
यसअघि न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनाएको...