काठमाडौं । पुस १ गतेदेखि प्रदुषण जाँच पास नभएको सवारी साधनहरुलाई १ लाख जरिवाना हुने भएको छ । वन मन्त्रालय अन्तर्गतको वातावरण विभागले पुस १ गते पछि विभागको परिक्षणमा प्रदुषण जाँच पास नभएको सवारी साधनहरुलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना हुने चेतावनी दिएको हो । […]