धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार पदभार सम्हालेपछि पहिलो निर्णयका रुपमा सुदूरपश्चिम प्रदेशको शासकीय प्रणालीमा सुधार गर्न कार्यदल गठन गरेका छन्।प्रदेश प्रमुख देवराज जोशीबाट आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदभार सम्हालेका हुन्।मुख्यमन्त्री रावलले आजै प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा ‘सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ समेत गरेका छन्।सुदूरपश्चिम सरकारका मन्त्रालय, आयोग, विभाग