रूसले बम खसालेर दक्षिणी युक्रेनको मारिउपोलस्थित प्रसूति अस्पताल ध्वस्त बनाएको युक्रेनी अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा पनि बमबारीका कारण आगो लागिरहेको प्रसूति अस्पतालको भिडियो फूटेजहरू सार्वजनिक भएका छन् । लडाकु विमानबाट रूसले सो प्रसूति अस्पतालमा बम लगातार बर्साएको बताइएको छ । रूसले खसालेको बमले शिशुहरू राखिएको अस्पतालको चिकित्सा सुविधा नै ध्वस्त भएको छ । मारिउपोल सिटी काउन्सिलले मानव हताहती पुष्टि गरेको छ । ‘शहरको केन्द्रमा रहेको प्रसूति अस्पतालको शिशु