गुलरिया । भारतमा नेपाली बालिका १२ वर्षीया सुमित्रा विकको बलात्कारपछि हत्या घटना लुकाउन प्रमाण नष्ट पार्न खोजेको पाइएको छ। घरबेटीसहित उनका आफन्तले दबाब दिएपछि डरत्रासका कारण डेराबाट सय मिटर दूरीमा शव जलाइएको सुमित्राका भिनाजु नवलसिंह विकले बताए। नवलसिंह पनि सुमित्राको अन्त्येष्टिमा सहभागी भएका थिए। ‘घटनाको कुनै पनि प्रमाण राख्न पाएनौं। चैनपुर थानाका थानेदार र घरबेटीका आफन्तबीच घटना दबाउन भएको फोन वार्ताको अडियो बाहिरिएपछि घटना भाइरल भयो’, उनले भने, ‘भारतीय मिडियाले पनि बलात