गठबन्धनका शीर्ष नेताको बैठक भोलि बस्ने

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कुनै पनि सहमति हुन नसकेको हो ।बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भोलिको छलफलबाट अधिकांश विषय टुंग्याउने सहमतिका साथ आज बैठक सकिएको बताए । खनालले सञ्चारकर्मीसँग भने, ‘कयौं कुरा मिलिसकेको छ, कयौं मिलाउन बाँकी छ। भोलि बिहान ८ बजे बालुवाटारमा छलफल गर्छौं ।’ 

सम्बन्धित सामग्री

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक भोलि

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ । आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ । त्यसअघि, भोलि बिहान गठबन्धनको चुनावी तयारी तथा...

प्रधानमन्त्री देउवाले कांग्रेस शीर्ष नेताको बैठक बोलाए

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक भोलि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् । बिहीबार दिउँसो ३ बजे बस्नेगरी बैठकको आह्वान गरिएको हो । बैठकमा डा.शेखर कोइरालाको साथै रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि लगायतलाई बोलाइएको […]